कोरोनाले रोकियो केटी पेरीको विवाह !

हलिवुड गायिका केटी पेरीको विवाह कोरोनाको कारण सरेको छ । केही दिन अघि मात्र आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी पेरीले ४३ बर्षिय बेलायती अभिनेता ओर्लान्डो ब्लूमसँग विवाह गर्दै छिन् ।

गएको बर्ष इन्गेजमेन्ट गरेका पेरी र ब्लूमले जापानमा डेस्टिनेसन वेडिंग गर्ने योजना बनाएको भएपनि जापान अहिले कोरोना संक्रमणले संवेदनशील भएकाले उनीहरुले आफ्नो विवाहको कार्यक्रम हाललाई स्थगित गरेको बताइएको छ । पेरीले केही दिन अघि मात्र आफु गर्भवती भएको समेत खुलासा गरेकी थिइन् ।



हाल अमेरिकन आइडलको जजसमेत रहेकी पेरी सामाजिक संजालमा निकै सक्रिय रहेकी छन् । पेरी ट्वीटरमा सर्वाधिक तेस्रो धेरै फलोअर्स भएकी सेलिब्रेटी हुन् । उनका ट्वीटरमा १०८ मिलियन फलोअर्स रहेका छन् ।

सम्बन्धित समाचार