अमिताभ बच्चन प्रत्येक वर्ष मन्दिरमा जानु कारण के हो ?

बलिउडका महानायक अमिताभ बच्चन हनुमान भक्त हुन् । उनी हरेक वर्ष भारतको प्रयागस्थित कोतवाल भनिने संगम तटमा रहेको श्रीराम भक्त हनुमानको मन्दिरमा गएर उपस्थिति जनाउने गर्दछन् ।

उनलाई हनुमानजीको गहिरो आस्था रहेको भारतीय सञ्चारमाध्यम वेबदुनियाँमा खबर प्रकाशित छ । उनी हरेक वर्ष त्यहाँ जाने गएर हनुमानजीको पूजा अर्चना गर्ने गर्दछन् । उक्त मन्दिरसँग उनको सानै बेला देखिको नाता रहेको छ । उनका पिता डा। हरिवंश राय बच्चनको साथमा उनी त्यो मन्दिरमा प्रत्येक शनिवार र मंगलवार जाने गर्दथे ।



उनको साथमा उनका भाई अजिताभ पनि मन्दिर जाने गर्दथे । सन् १९८२ मा कुली फिल्ममा जब उनी घाइते भए तब उनको स्वास्थ्य अवस्था नाजुक भएको थियो ।

त्यसबेला पनि उनी पितासँग पूजा पाठका लागि मन्दिर पुगेका थिए ।

सम्बन्धित समाचार