अभिनेता धर्मेन्द्रको रेस्टुराँ ‘हि म्यान’ सिल

बलिउड अभिनेता धर्मेन्द्रको रेस्टुराँ ‘हि म्यान’ सिल गरिएको छ । हरियाणाको करनाल नगर निगमले अभिनेता धमेन्द्रको रेस्टुराँ सिल गरेको हो ।

इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार नगर निगमले रेस्टुराँमा निर्माणसम्बन्धी कमी फेला परेपछि सिल गर्ने आदेश दिएको छ । करनालका डेपुटी कमिस्नर निशान्त यादवले प्रशासनका तर्फबाट रेस्टुराँलाई दुई पटक सूचना दिए पनि कुनै जवाफ नआएपछि सिल गर्ने निर्णय गरिएको बताएका छन् ।



करनाल सहरको बाहिरी क्षेत्रमा रहेको रेस्टुराँ फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेबाट सञ्चालनमा आएको थियो ।

सम्बन्धित समाचार