भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सामाजिक सञ्जाल सात महिला ‘एचिभर्स’ (सफल) लाई प्रदान गरेका छन् । ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रधानमन्त्री मोदीले आफ्नो जीवनमा सफल र समाजलाई प्रेरित गर्न सक्ने महिलालाई आफ्नो सामाजिक सञ्जाल हस्तान्तरण गर्ने यसअघि नै घोषणा गरेका थिए ।
‘अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना १ नारी शक्तिको भावना र उपलब्धीलाई सलाम गर्छौं । केही दिनअघि मैले भनेको थिएँ – म सामाजिक सञ्जालबाट बिदा हुँदै छु । अब सात सफल महिलाहरुले मैले चलाउने गरेको सामाजिक सञ्जालमार्फत आफ्नो जीवनयात्राको बारेमा तपाईंहरुलाई भन्नुहुनेछ र तपाईंहरुसँग अन्तर्क्रिया गर्नुहुनेछ,’ प्रधानमन्त्री मोदीले ट्विट गरेका छन् ।
उनले थप लेखेका छन्, ‘भारतमा थुप्रै सफल महिलाहरु हुनुहुन्छ । उनीहरुले आ(आफ्नो क्षेत्रमा धेरै राम्रो काम गर्नु भएको छ । उहाँहरुको संघर्ष र आकांक्षाले करोडौंलाई प्रेरित गर्नेछ । अब ती सफल महिलाहरुको सफलतालाई मनाऔं र उनीहरुका केही नयाँ सिक्ने मौका पाइनेछ ।’
प्रधानमन्त्री मोदीको ट्विटर ह्यान्डलबाट पहिलो ट्विट गर्ने महिला फुड बैंक इन्डियाकी सञ्चालक स्नेहा मोहनदोस हुन् । ‘तपाईंहरुले विचारका लागि खाना भन्ने त सुन्नु भएकै होला । अब गरिबको उज्जवल भविष्यका लागि यस सिद्धान्तलाई व्यवहारमा उतार्ने समय आएको छ । हेलो ! म @snehamohandoss, मेरो आमाबाट प्रेरित भएकी हुँ । उहाँले मलाई घरबारबिहीनहरुका लागि खाना खुवाउने बानी बसाल्नुभयो,’ मोहनदोसले आफ्नो परिचयसहितको भिडियो ट्विट गरेकी छन् ।
You heard of food for thought. Now, it is time for action and a better future for our poor.
Hello, I am @snehamohandoss. Inspired by my mother, who instilled the habit of feeding the homeless, I started this initiative called Foodbank India. #SheInspiresUs pic.twitter.com/yHBb3ZaI8n
— Narendra Modi (@narendramodi) March 8, 2020
सोमबारदेखि प्रधानमन्त्री मोदीले आफूले सामाजिक सञ्जाल ट्विटर, फेसबुक, इन्स्टाग्राम र युट्युव छोड्ने बताएपछि प्रयोगकर्ताहरु आश्चार्यमा परेका थिए । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल किन छोड्न लागे भन्ने विषयमा थप केही खुलाइएका थिएनन् । तर, अर्को दिन उनले अन्तर्राष्ट्रि महिला दिवसको अवसरमा आफूले आफ्ना एकाउन्टहरु प्रेरणादायी सफल महिलाहरुलाई हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।
विश्वका नेताहरुमध्ये धेरै फलोअर्स भएका दोस्रो नम्बरमा राजनीतिज्ञ हुन् । उनका पाँच करोड ३३ लाख ट्विटर फलोअर्स छन् भने चार करोड ४० लाख फेसबुक, तीन करोड ५२ लाख इन्स्टाग्राममा र ४५ लाख युट्युब फलोअर्स छन् ।