आगामी तीन दिन मेघगर्जन तथा चट्याङसहित वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायूको प्रभावका कारण केही दिन मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानमान जारी गर्दै आज बिहान देशको केही पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

विभागले पूर्वी तथा मध्य पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।



बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ। विहीबार देशभर आंशिक बदली रहनेछ। पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार