कट्रिनाबारे कमेन्ट गरेपछि मजाक बनाइए निर्देशक रोहित शेट्टी !

बलिवुडका अहिलेका चर्चित निर्माता निर्देशक रोहित शेट्टी अभिनेत्री कट्रिना कैफको बारेमा गरेको टिप्पणीका कारण सामाजिक संजालमा ट्रोल भएका छन् । ट्वीटरमा ‘शेम अन यू रोहित’ ट्रेन्ड गर्न थालेपछि रोहितले कट्रिनामाथि गरेको टिप्पणी बारे धेरैको चासो बढेको छ । हुनत फिल्म रिलिजको पूर्वसन्ध्यामा बलिवुडमा विवाद बढ्ने र चर्चामा आउने पुरानै परम्परा हो तर यस विषयमा सामाजिक संजालको समेत प्रयोग गरेर चर्चा बढाउन खोजेको देखिएको छ ।

रोहितले एक अन्तर्वार्ताका क्रममा उनको फिल्म सुर्यवंशीको एक एक्शन सिन सुटिंगको प्रसंगमा कट्रिना बारे गरेको टिप्पणीको बारेमा सामाजिक संजालमा रियाक्सन आएको हो । सुर्यवंशीको शुटिंगको क्रममा अक्षयकुमार, अजय देवगन र रणवीर सिंहसँगै कट्रीनाको समेत सिन रहेको तर सो सिनमा कट्रिनाले आँखा झिम्काएको देखिएको छ ।



सो सिन सुटिंग पछि कट्रिना आफूसँग आएको र रिटेक लिन भनेको तर आफुले यो फ्रेममा तीन हिरो रहेकाले कट्रिनालाई कसैले नोटिस नगर्ने जवाफ दिएको बताएका थिए । रोहितले आफुले फिल्मा सोहि सिन नै राखेको बताएका थिए ।

रोहितको सो भनाईपछि सामाजिक संजालमा उनको विरुद्ध ट्रेण्ड हुनथालेपछि कट्रिना भने रोहितको बचाउमा आएकी छन् । कट्रिनाले आफुले सामान्यतया सामाजिक संजाल र मिडियामा आएका विषयमा प्रतिक्रिया नदिने गरेको बताउदै यस विषयमा भने रोहितलाई गलत बुझिएको बताएकी छन् । कट्रिनाले सो सिनमा चार जना छन् र बम पनि विष्फोट भएकाले आँखा झिम्काएको कसैले नोटिस नगर्ने भनेर रोहित सरले भनेको तर यसलाई गलत रुपमा वुझिएको बताएकी छन् ।

रोहित शेट्टी निर्देशित सुर्यवंशी फिल्म २४ मार्चमा रिलिज हुदै छ । यस फिल्ममा अक्षयकुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् भने फिल्ममा अजय देवागन र रणवीर सिंहको समेत भूमिका रहेको छ ।

सम्बन्धित समाचार