बलिवुडका खतरनाक भिलेन अभिनेत्रीसँगको प्रेममा !

बलिवुडमा भिलेनको भूमिकामा निकै चर्चित अभिनेता राहुल देव आफूभन्दा १४ बर्ष कम उमेरकी अभिनेत्रीसँगको अफ्येर्समा रहेका छन् । राहुलदेवले एक अन्तर्वार्ताका क्रममा सो खुलासा गरेका हुन् । राहुल देव अहिले अभिनेत्री मुग्धा गोड्सेसँग अफ्येर्समा रहेका छन् । दुवैको उमेरमा १४ बर्षको अन्तर रहेको छ ।

एक अन्तर्वार्ताका क्रममा राहुल देवले आफुलाई शुरुमा आफुहरुको उमेरको अन्तर १४ बर्ष हुदा अलि चिन्तित बनाएको भएपनि पछि आफ्ना माता पिताको उमेर समेत १० बर्षको अन्तर रहेको महसुस भएपछि खासै अनौठो नलागेको बताएका छन् ।



उनले दुवै खुशी भएपछि उमेरको अन्तरले खासै अर्थ नराख्ने बताए । राहुल विवाहित र एक छोराक पिता समेत हुन् । तर उनकी श्रीमतीको २००९ मा क्यान्सरबाट निधन भएपछि उनले छोराको हेरचाह गरिरहेका छन् ।

राहुलले मुग्धासँग एक विवाहमा भेट भएको र त्यसपछि साथी बनेको बताएका छन् ।

सम्बन्धित समाचार