साबुनले हात धुँदा कोरोना भाइरस कसरी ध्वस्त हुन्छ ?

कोरोना भाइरस (कोभिड १९) मुख्यतः तीन तत्त्व आरएनए, प्रोटिन र लिपिड (एक प्रकारको बोसो) मिलेर बनेको सुक्ष्म कण (एक इन्चलाई दशलाखले भाग गर्दा जति आउँछ लगभग त्यत्रै साइजको) हो । यसको बाहिरी आवरणमा लिपिड हुन्छ । आरएनएले भाइरसको अनुवंश (जिन) प्रसारित गर्दछ, जसरी मानिस वा अन्य जनावरहरूमा डिएनएले गर्दछ ।

प्रोटिनले मानिस वा अन्य जनावरमा यसलाइ सार्न मद्दत गर्छ । यसरी सर्नुलाई नै हामी संक्रमित हुनु भन्छौं । यसको प्रोटिन क्राउन (मुकुट) आकारकै हुने भएकाले यसलाई कोरोना भाइरस भनिएको रहेछ ।



लिपिड अर्थात् बोसो हाम्रो छाला जस्तो यसको सुरक्षा कवच भइहाल्यो । हामीले मासु खाँदा हातमा लागेको बोसो पखाल्न साबुनको प्रयोग गर्छौं । साबुनमा भएको रसायनले बोसोको अणुलाई ध्वस्त गर्छ र हातमा लागेको बोसो जान्छ र हात सफा हुन्छ । त्यसरी नै साबुन पानीले हात धुँदा कोरोना भाइरसको बाहिरको बोसोले बनेको आवरण ध्वस्त हुन्छ ।

यदि तपाईंको हातमा कोरोना भाइरस कतैबाट आएर बसेको छ भने यसरी साबुनपानी हात धोएपछि कोरोना भाइरसको सुक्ष्म कण निस्प्रभावी बन्छ । त्यसैकारण स्वास्थकर्मीरविज्ञहरूले साबुनपानीले हात धुन भनेका हुन् ।

रक्सी (अल्कोहल) भएका स्यानिटाइजरहरूले पनि यस्तै काम गर्छन् । तर साबुनजतिको प्रभावकारी स्यानिटाइजर हुँदैनन् । त्यसैले साबुन उपलब्ध छ र प्रयोग गर्न मिल्छ भने साबुन नै उत्तम हो । साबुनपानीले हात धुने बानी बसाले यसको जोखिम न्यूनीकरणमा सहयोग पुग्छ ।

सम्बन्धित समाचार