विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रिता विल्सन कोरोनाभाइरसबाट संक्रमित भएको रोयटर्सले जनाएको छ । उनीहरु केहीदिनदेखि बिरामी रहेको र जाँचका क्रममा कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ ।
६३ वर्षको यो जोडीको अष्ट्रेलियामा जाँचका क्रममा कोरोनाभाइरस रहेको पुष्टि भएको हो । त्यहाँ फिल्मको काम गरिरहेका थिए । काम गर्दा गर्दा ज्वरो आएपछि जाँच गरिएको थियो ।