युभेन्टसका डिफेन्डरलाई कोरोना संक्रमणको पुष्टि

युभेन्टसका डिफेन्डर डानीयल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । युभेन्टसले रुगानीको कोरोना टेस्ट पोजेटिभ देखिएको जानकारी दिदै उनलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ ।

क्लबले हेल्थ प्रोटोकल अनुसार उनलाई र उनीसँग भेट भएका खेलाडीहरुलाई आइसोलेसनमा राखेको जानकारी गराएको छ ।



२५ बर्षिय रुगानी यस सिजनमा युभेन्टसका लागि केवल ७ खेल खेलेका छन् भने पछिल्लो पटक इन्टरमिलानविरुद्ध बिना दर्शक खेलेको खेलमा पनि उनी बेन्चमा नै थिए । सो खेल युभेन्टसले २-० ले जितेको थियो ।

कोरोना संक्रमणले इटालीमा माहामारीको रुप लिएपछि कम्तिमा अप्रिल सम्म सिरी ए स्थगित भएको छ । कोरोना संक्रमणका कारण इटालीमा अहिलेसम्म ८२७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार