क्यानडाका प्रधानमन्त्री जस्टिनको पत्नीलाई कोरोना भाइरस, पत्नीसँगै जस्टिन पनि आइसोलेसनमा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमणपछि पत्नीसँगै प्रधानमन्त्री पनि आइसोलेसनमा रहने भएका छन् ।

क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भएको जनाएका छन् । प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन । यद्यपि, यद्यपि, पत्नीसँगै प्रधानमन्त्री ट्रुडो पनि १४ दिन आइसोलेसनमा रहनेछन् ।



‘सोफियामा कोरोना संक्रमण देखिए पनि उहाँले असजिलो महसुस गर्नु भएको छैन,’ त्यहाँका प्रधानमन्त्रीका सञ्चार निर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । क्यानडामा एक सय ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार