बलिवुडको बहुप्रतिक्षित फिल्म सुर्यवंशी पनि कोरोनाको चपेटामा परेको छ । मार्च २४ मा रिलिज मिति तोकिएको सुर्यवंशीको रिलिज स्थगित भएको निर्माण पक्षले जानकारी गराएको छ ।
अहिले कोरोनाको संक्रमणको त्रासका कारण सिनेमा हलमा मानिसहरुको संख्या निकै कम भइरहेको बेला फिल्म रिलिज गर्दा ठुलो घाटा बेहोर्नुपर्ने देखिएको छ ।
फिल्मका निर्माता अक्षयकुमार, रोहित शेट्टी, करण जोहर र रिलायन्स इन्टरटेनमेन्टबीच फिल्मको रिलिज स्थगित बारे छलफलपछि फिल्मको रिलिज अहिलेलाई स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।
निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा कोरोनाका कारण अहिले दर्शकको स्वास्थ्यलाई ध्यानमा राख्दै फिल्मको रिलिज स्थगित गरिएको र उपयुक्त समयमा फिल्मको नयाँ रिलिज मिति तोकिने जानकारी गराएका छन् ।
अहिले रिलिज भएको टाइगर सराफको फिल्म बागी-३ ले राम्रो कमाई गरेपनि कोरोनाको त्रासका कारण सोचे जस्तो कमाई गर्न नसकेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले बताएका छन् ।