फास्ट एण्ड फ्यूरियस-९ को रिलिज एकबर्ष पछि सर्यो

कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रुप लिइरहेको बेला दर्शकको साथ प्रत्यक्ष चाहिने खेल जगत र सिनेमा क्षेत्रलाई ठुलो असर गरेको छ । कोरोनाका कारण ठुलो बजेटका र बहुप्रतिक्षित फिल्महरुको रिलिज धमाधम स्थगित गरिएको छ ।

यस अघि जेम्स बण्ड सिरिजको फिल्म नो टाइम टु डाई’ को रिलिज स्थगित भएपछि हलिवुडको अर्को फिल्म फास्ट एण्ड फ्यूरियस सिरिजको नवौ फिल्मको रिलिज एक बर्षपछि सारिएको छ ।



आगामी मे २२ मा रिलिज हुने भनिएको यो फिल्मलाई अब २०२१ को अप्रिल २ मा रिलिज गरिने भएको छ । फिल्मको निर्माण कम्पनी युनिभर्सल स्टुडियोजले फिल्मो रिलिज एक बर्षपछि सारिएको जानकारी दिएको छ ।

साथै कोरोना संक्रमणकै कारण हलिवुड फिल्म ए क्वायट प्लेस पार्ट टू को प्रिमियर समेत स्थगित गरिएको छ ।

फास्ट एण्ड फ्यूरियस-९ को ट्रेलर :

सम्बन्धित समाचार