चेल्सीका युवा खेलाडी पनि कोरोनाको संक्रमणमा

इङलिश प्रिमियर लिग क्लब चेल्सीका युवा खेलाडी कालुम हड्सन ओडो कोरोनाको संक्रमणमा परेका छन् । १९ बर्षिय युवा खेलाडी ओडोको कोरोना टेस्ट पोजिटीभ पाइएको भन्दै चेल्सीले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

यस अघि प्रिमियर लिग क्लब आर्सनलमा म्यानेजर माइक आर्टेटालाई पनि कोरोनाको संक्रमण भएको थियो ।



कोरोनाको संक्रमणक कारण इटालीको सिरी ए र स्पेनको ला लिगा स्थगित भएपछि अब बेलायतको प्रिमियर लिग समेत स्थगित हुने सम्भावना बढेको छ । प्रिमियर लिग स्थगित हुने नहुने बारे आज निर्णय हुने बताइएको छ ।

सम्बन्धित समाचार