ट्रम्पलाई भेटेर फर्केलगत्तै ब्राजिलका एक अधिकारीमा कोरोनाको संक्रमण पुष्टि

ब्राजिलका एक सरकारी अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती अधिकारीले अघिल्लो शनिबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए र उनीसँगै तस्विर पनि खिचाएका थिए ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको भ्रमण दलमा सहभागी ति अधिकारीले अमेरिकाका उपराष्ट्रपति माइक पेन्ससँग पनि भेट गरेका थिए ।



ब्राजिल फर्केलगत्तै उनलाई ज्वरो आएको थियो र जाँच गरेपछि कोरोनाको संक्रमण पुष्टि भयो ।

सम्बन्धित समाचार