कोरोना भाइसरको त्रासले घर छोडेर भाग्न थाले इरानी नागरिक

नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि मध्यपूर्वी देश इरानबाट कतिपय मानिसहरुले घर छोडेर भाग्ने प्रयास गरिरहेको पाइएको छ । देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको बीबीसीले उल्लेख गरेको छ ।

महामारी कति भयावह छ भन्नेबारे मानिसहरूलाई थाहा छैन र अझै नराम्रो हुन सक्ने उनीहरूमा त्रास भएका कारण मानिसहरु घर छोडेर भाग्न थालेका हुनसक्ने समाचारहरु सार्वजनिक भएको छ । मानिसहरु कारमा खानेकुरा र अत्यावश्यक बस्तुहरु राखेर हिँडिरहेको भिडियो फुटजहरु सार्वजनिक भएको छ ।



चीन र इटलीपछि इरानमा सर्वाधिक सङ्क्रमण भएको पाएको छ । त्यहाँ शनिवारसम्म ५१४ जनाको मृत्यु भएको पुष्टि भएको छ । विभिन्न विवरणहरुका अनुसार पालो नपाएकाले सबै शवको परीक्षण हुन सकेको छैन । शव गृहहरु भरिएका छन् ।

इरानीहरु क्यास्पीयन सागर तिर जाने प्रयत्न गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तट नजिकै धेरै मानिसका भव्य घरहरु रहेका छन् । कोरोना भाइरसको महामारीबाट भाग्न सकिने उनीहरुको विश्वास रहेको छ ।

सम्बन्धित समाचार