हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन् । शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् ।

फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए । विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए । उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।



सम्बन्धित समाचार