पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स !

पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अब यसबारे उषा आफैंले मुख खोलेकी छिन् ।

उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी छिन् । उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नो’ ।’



उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

उषाको यो स्टेटसमा थुप्रैले समर्थन गर्नुका साथै चिन्ता व्यक्त गरेका छन् । यसअघि उषा र जीपी दुबैले डिभोर्सको चर्चा हल्ला मात्रै भएको बताएका थिए । सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् ।

सम्बन्धित समाचार