नवकान्तिपुर संवाददाता
काठमाडौं, २ चैत ।
कोरोना भाइरसका कारण नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनको आठौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही चैत १४–१६ गते बुटबलमा महाधिवेशन हुने तय गरिएको थियो । तर कोरोना भाइरसको प्रभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि महाधिवेशन स्थगित गरिएको हो ।
कोरोना भाइरसका कारण देशको अवस्था अनुकूल नभएकोले महाधिवेशन स्थगित गर्नु परेको केन्द्रीय अध्यक्ष सीताराम दाहालले जानकारी गराउनु भयो । कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिन सरकारले देशभर सभा, सम्मेलन, भेला, जमघट, भोजभतेर नगर्न-नगराउन आह्वान गरेकोले पनि एशोसिएशनको महाधिवेशन स्थगित गरिएको हो ।
‘सम्भावित महामारीबाट देशबासीलाई सुरक्षित राख्न सरकारद्वारा चालिएको कदममा सहयोग पु-याउनु सम्पूर्ण जिम्मेवार नागरिक एवं संघ–संस्थाको कर्तव्य हुन्छ’ अध्यक्ष दाहालले भने, ‘यसै विषयलाई मध्यनगर गर्दै यस नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनको बुटबलमा आयोजना गर्न तय गरिएको आठौँ राष्ट्रिय महाधिवेशन कार्यक्रम हाललाई स्थगित गरिएको छ ।’