दाइले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै भाउजूको हत्या

तेह्रथुममा भाउजूको हत्या आरोपमा दुई देवर पक्राउ परेका छन् । बिहीबार २८ वर्षिया भाउजू विन्दा पुरीको देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले हत्या गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए ।

दाइले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै उनीहरुले भाउजूको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसनधानमा खुलेको छ । पुरी दाजुभाई झापाबाट राति गाडी रिजर्भ गरी उनीहरु तेह्रथुम गएको र भाउजुको हत्यापछि उनीहरु झापा नै फर्किएको थान्दारले बताए ।



बिन्दाका १० वर्ष र १५ महिनाका दुई छोरा छन् । विन्दाको श्रीमान् वैदेशिक रोजगारीको लागि दुबईमा छन् । श्रीमानले विन्दालाई मात्र पैसा पठाउने गरेका थिए ।

सम्बन्धित समाचार