कोरोना संत्रासमा बलिउड अभिनेताः फ्यानलाई हात हल्लाउन पनि डराए अमिताभ

बलिउड अभिनेता अमिताभ बच्चनले घरका बाहिर हरेक आइतबार साँझ फ्यानसँग भेट्ने गर्छन् । फ्यान आफ्ना लोकप्रिय अभिनेतालाई भेट्न हरेक आइतवार भेला हुने गर्छन् । अमिताभ पनि फ्यानलाई हात हल्लाउन बाहिर निस्किने गर्छन् । तर, यो आइतवार भने अमिताभले कसैलाई नभेट्ने भएका छन् ।

अमिताभले एक ट्वीट गर्दै आफ्नो घरबाहिर जम्मा नहुन अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘कृपया जलसा गेटमा नआउनुहोला, म आउने छैन, सुरक्षित रहनुहोला, आज कोही पनि जम्मा नहुनुहोला ।’ अमिताभले संसारभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न यस्तो निर्णय गरेका हुन् । उनले देश तथा विदेशमा रहेका सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् ।



चीनबाट शुरु भएको कोरोना भाइरसले संसारभर आतंक मच्चाएको छ । नेपालमा भने कोरोनाबाट कसैले ज्यान गुमाउनुपरेको छैन । यद्यपि एकजनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । उनलाई निको भइसकेको छ ।

सम्बन्धित समाचार