यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी वायुको प्रभावले मुलुकका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ ।

मंगलबार देशको पूर्वी र मध्य भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। बुधबार पनि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



सम्बन्धित समाचार