बलिवुड अभिनेता अमिताभ बच्चनले फिल्ममा मात्र होइन आफ्ना अन्य कामबाट पनि धेरैको मन जित्ने काम गरिरहन्छन् । अमिताभले पटक पटक उत्कृष्ट अभिनय गर्ने नयाँ वा पुराना कलाकारको हौसला बढाउन कुनै कसर बाँकी राख्दैनन् ।
यसैबीच अमिताभले हालै फिल्म अंग्रेजी मिडियममा अभिनेता इमरान खानकी छोरीको भूमिका निभाएकी अभिनेत्री राधिका मदानलाई हातले लेखेको एक पत्र र फूल पठाएर उनको प्रसंशा गरेका छन् ।
अमिताभले अंग्रेजी मिडियम फिल्म हेरेपछि राधिकाको अभिनयबाट प्रभावित भएर उनलाई चिठी लेखेका हुन् । राधिकाको घरमा अमिताभले पठाएको चिठी र फूल पाएपछि राधिकाले सामाजिक संजालमा पोष्ट गरेकी छन् । राधिकाले अमिताभ बच्चनको चिठी सार्वजनिक गर्दै आफ्नो लागि बच्चनबाट पत्र पाउनु सम्मानको विषय भएको बताएकी छन् । राधिकाले लेखेकी छन् – ‘मलाई यस्तो भइरहेको छ की के भनूँ वा के लेखुँ । म निशब्द भएकी छु । बच्चन सरबाट यो पत्र पाउनु मेरो लागि निकै ठुलो सम्मानको विषय हो ।’
राधिकाले अगाडी लेखेकी छन् – ‘आफ्नो हरेक फिल्मको रिलिजपछि मैले यहि कल्पना गर्थेकी मेरो घरको घन्टी बजोस् र बाहिर उभिएको व्यक्तिले भनोस्, अमिताभ बच्चन सरले तपाईलाई फूल र पत्र पठाउनु भएको छ र त्यसपछि म बेहोस हुन्थे । तर अहिले मैले साच्चै अमिताभ सरले चिठी लेख्नु भयो । म केही सेकेन्डको लागि त स्तब्ध भए आँखामा आँसु र आभारका साथ । मेरो सपना पुरा गरेकोमा धन्यवाद सर । यसले मलाई अझै कडा मेहनेत गर्ने र इमान्दार भएर अभिनय गर्न प्रेरित गरेको छ ।’
टेलिभिजन सिरियलबाट आफ्नो अभिनय क्यारियर शुरु घरेकी राधिकाले सन् २०१८ मा विशाल भारद्वाजको फिल पटाखाबाट बलिवुडमा डेभ्यु गरेकी हुन् । यस फिल्ममा उनले गरेको अभिनयका लागि फिल्म फेयरको बेस्ट अभिनेत्री डेभ्युको मनोनयन समेत पाएकी थिइन् ।
राधिकाको सन् २०१९ मा मर्दको दर्द नही होता रिलिज भइसकेको छ । उनले अहिले सिद्दत फिल्ममा काम गरिरहेकी छन् ।