स्पेनमा कोरोनाबाट युवा फुटबल प्रशिक्षकको गयो ज्यान

कोरोना भाइरसको संक्रमणबाट स्पेनमा युवा फुटबल प्रशिक्षकको मृत्यु भएको छ । २१ बर्षिय स्पेनिस फुटबल कोच फ्रान्सिस्को ग्रासियाको कोरोनाबाट मृत्यु भएको हो ।

ग्रसियाले मालागामा रहेको क्लब एटलेटिको पोर्टाडाको युवा टिमलाई २०१६ देखि प्रशिक्षण दिइरहेको बताइएको छ । ग्रासियाको गएको साता कोरोना पोजेटिभ देखिएपछि उपचारको क्रममा आइतबार मृत्यु भएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।



स्पेनमा अहिलेसम्म ७० बर्षभन्दा माथिकाको कोरोनाका कारण मृत्यु भइरहेकोमा ग्रासिया कोरोनाबाट मृत्यु हुने अहिलेसम्मका कम उमेरका भएको बताइएको छ । क्लबले एक विज्ञप्ति जारी गर्दै आफ्ना युवा टिमका प्रशिक्षकको मृत्यु भएको जानकारी दिदै दुख व्यक्त गरेको छ ।

स्पेनमा कोरोनाको संक्रमण तिब्रगतिमा फैलिरहेको छ । अहिलेसम्म करिब १० हजार संक्रमित भएका छन् भने ३४२ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार