इटालीमा नियन्त्रण बाहिर पुग्यो कोरोना, २ हजार ५ सयभन्दा बढीको मृत्यु

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट तीन दिन यता दैनिक ३ सय भन्दा बढीको मृत्यु हुन थालेको छ । पछिल्लो २४ घण्टामा पनि इटालीमा कोरोना भाइरसकै संक्रमणबाट ३ सय ४५ जनाको मृत्यु भएको छ । योसंगै इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

यसअघि मंगलबार एकै दिन ३ सय ४९ जनाको मृत्यु भएको इटालीमा सोमबार ३ सय ६८ जनाको मृत्यु भएको थियो । इटालीमा संक्रमितको संख्या पनि दैनिकजसो ३ हजार भन्दा बढी थपिन थालेका छन् । मंगलबार ३२ सय ३३ जनामा संक्रमण देखिएकोमा आज ३५ सय २६ जना नयाँ संक्रमित थपिएका छन् ।



योसँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ५ सय ६ पुगेको छ । उपचार गराइरहेका २६ हजार मध्ये २ हजार जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ ।

सम्बन्धित समाचार