अमेरिकी अभिनेता टम ह्याङक्स र उनको श्रीम रिटा विल्सन कोरोना भाइरसको उचारपछि अष्ट्रेलियाको अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु क्वीन्सल्याण्डमा रहेको आफ्नो घरमा सेल्फ-क्वारेन्टाइनमा रहेका थिए र पछिल्लो हप्ता कोरोना टेस्ट पोजिटिभ भएको बताएका थिए ।
एल्भिस प्रेसलेको चलचित्रको लागि छायांकनको क्रममा उनि गोल्ड कोस्ट गएका थिए, त्यसपछि उनलाई कोरोना भाइरस संक्रमण भएको थियो । अष्ट्रेलियामा तीन सय ७५ जनामा भाइरस संक्रमण देखिएको छ । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट संक्रमणको जानकारी दिएका थिए । अहिले उनले सबै प्रशंसकलाई धन्यवाद दिदै एउटा पोस्ट लेखेका छन् ।
कोरोना भाइरसबाट संक्रमित हुने अभिनेतामा,वेलायती नायक इद्रिस एल्बालाई पनि परेका छन् । उनले सोमबार आफु कोरोना पोजिटिभ भएको कुरा सार्वजनिक गरेका छन् । उनले आफु शुक्रवार देखि सेल्फ- आइशोलेसनमा बसेको बताएका छन् ।