सबै शैक्षिक संस्थाहरु बन्द, SEE परिक्षा अब के हुन्छ ?

सरकारले कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि मानिसहरु जमघट हुने सबै स्थानहरु बन्द गर्न शिक्षण संस्थासहित बन्द गर्न निर्देशन जारी गरेको छ ।

सरकारले अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन पनि निर्देशन दिएको छ। त्यस्तै सार्वजनिक सवारी साधनमा सिट क्षमतामा मात्र यात्रु ओसारप्रसार गराउन पनि निर्देशन दिइएको छ ।



सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडि मुलुकहरु इरान, टर्की, मलेसिया, जापानबाट आउने र ती मुलुकका ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुहरुलाई शुक्रबार मध्यरातदेखि लागुहुने गरि प्रतिबन्ध लगाउने निर्णयसमेत गरिएको छ ।

बिहीबारदेखि सन्चालन हुन लागेको एसईई परिक्षा हेल्थ डेस्क स्थापना गरि व्यवस्थित रुपमा सन्चालन गर्ने तर अन्य सबै शैक्षिक संस्थाहरु चैत मसान्तसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । सरकारले सन्चार माध्यम र सामाजिक सन्जालबाट गलत सूचना र अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ ।

सम्बन्धित समाचार