जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको मौसम सफा रहने जनाएको छ । महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकोले सामान्यतया मौसम सफा रहने बताएको छ ।
शुक्रबार भने देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी पहाडी भु–भागका १–२ स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।