गैंडा संरक्षणमा चुनौती, नौ महिनामा २२ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैंडा मर्नेक्रम बढ्दै गएको छ । यसले गैंडा संरक्षणमा चुनौती थपेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार साउन यता २२ वटा गैंडा मरेका छन् ।

पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैंडाको हाडखोर मात्र भेटिएको छ । यसअघि दुई वटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैंडा मरेका थिए । विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्ने जस्ता कारणले गैंडा मर्ने गरेका छन् ।



गैंडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ । विगत केही वर्षयता चोरी शिकारीबाट गैंडा मारिएका छैनन् । तर प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ताको रुपमा हेरिएको छ ।

गत आर्थिक वर्षमा ४३ गैंडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४-०७५ मा २६ र २०७३-०७४ मा २५ गैंडा सोही कारणले मरेका थिए ।

सम्बन्धित समाचार