बलिउड कलाकारहरु अमिताभ बच्चनदेखि आलिया भट्टसम्म ‘सेल्फ आइसोलेसन’ मा, के उनीहरुलाई कोरोना भएको हो ?

कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । कोरोनाको त्रासका कारण बलिउड कलाकारहरु ‘सेल्फ आइसोलेसन’मा बसेका छन् । ‘सेल्फ आइसोलेसन’मा बस्नेमा कलाकार अमिताभ बच्चनदेखि सोनम कपूरसम्म रहेका छन् ।

अभिताभ बच्चनले ट्विटर मार्फत आफू आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले हातमा क्वारेन्टेड लेखेको स्टाम्पको तस्विर सार्वजनिक गर्दै आफू आइसोलेसनमा रहेको पुष्टि गरेका हुन् । उनी केही दिनसम्म आइसोलेसनमा नै रहने छन् । अमिताभ फिल्म ‘ब्रहमास्त्र’को सुटिङ गरिरहेका थिए । तर, अहिले फिल्मको छायांकन स्थगित भइसकेको छ ।



अभिनेत्री आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्नको लागि सेल्फ आइसोलेसनमा बसेकी छिन् । उनले एउटा तस्विर पोस्ट गर्दै आफू घरमै बसेको र सेल्फ आइसोलेशनको बाबजुद पनि फिटनेसलाई ध्यान दिएको उल्लेख गरेकी छिन् । त्यस्तै अभिनेता अर्जुन कपूर पनि तीन दिनदेखि सेल्फ आइसोलेसनमा बसेका छन् । उनले इन्स्टामा एउटा तस्विर शेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘क्वारेन्टाइन डे थ्री ।’ त्यस्तै उनको फिल्म ‘सन्दीप पिंकी फरार’को रिलिज डेट पनि स्थगित भएको छ ।

यसैगरी दिलीप कुमार पनि सेल्फ आइसोलेसनमा सामिल भएका छन् । उनी लामो समयदेखि बिरामी थिए । धेरै उमेर भएको कारण पनि उनले कोरोना भाइरसबाट बच्न सेल्फ आइसोलेसनमा बस्ने निर्णय लिएका हुन् ।

अभिनेत्री सोनम कपूर बेलायतबाट भारत फर्किए लगत्तै आइसोलेसनमा बसेकी छिन् । लण्डनबाट फर्किएपछि हाल सोनम परिवारको साथमा छिन् । सोनमले आफैँ आइसोलेसनमा बस्ने निर्णय लिएकी हुन् ।

सम्बन्धित समाचार