नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ चैत्र ।
१७७ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व नै चिन्तित छ । भलै कोरोना भने नेपालमा भने देखिएको छैन । जनवरीमै १ जना नेपालीमा कोरोना भाइरस पोजिटीभ देखिए पनि हाल उनी संक्रमण मुक्त भैसकेका छन् । नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि यसको असर भने व्यापक रुपमा देखिएको छ ।
सरकारले एसइइ लगायतका सम्पूर्ण परिक्षाहरु स्थगित गरिसकेको छ । २५ जनाभन्दा बढी भेला हुन, सिनेमा घर तथा मेला महोत्सवमा रोक लगाएको छ । यसको प्रत्यक्ष मार नेपालको अर्थतन्त्रमा देखिएको छ । काठमाडौंका ठमेल, असन, पाटन, दरबार स्क्यायर, भक्तपुर लगायतका पर्यटकीय स्थलहरु प्राय: सुनसान छन् ।
काठमाडौंका रोडहरुमा सवारी साधनको चाप घटेको छ । राजनीति गतिविधिहरु शुन्य प्रायः छन् । सार्वजनिक जमघट हुने स्थल भृकुटी मण्डप, फन पार्क आदि पनि यति बेला सुनसान छ ।