सरकारी निर्णय राष्ट्रिय सभा बाटै उल्लंघन !

कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले २५ जना भन्दा धेरै मानिस जम्मा हुन नमिल्ने निर्णय गरेको भएपनि उक्त निर्णयलाई उल्लघंन गर्दै राष्ट्रिय सभा बैठक बसिरहेको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले २५ जना भन्दा धेरै एकै स्थानमा भेला हुन नपाउने निर्णय गर्दै विद्यालय, स्कुल, सभा सम्मेलन, सिनेमा हल लगायत बन्द गर्ने निर्णय गरेको थियो ।



विश्वव्यापी बनिरहेको कोरोनाको संक्रमण फैलन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले पनि धेरै मानिस भेला हुने र भीडभाडमा नजान आग्रह गर्दै आएको छ ।

तर राष्ट्रिसभा बैठक भने जारी रहेको छ । सरकारले २५ जना भन्दा धेरै भेला नहुन भनेको भएपनि हाल ५८ जना सदस्य रहेको राष्ट्रिय सभा बैठक बिहीवार (आज) बसिरहेको छ ।

उक्त बैठकबाहेक पनि त्यहाँ सुरक्षाकर्मी, कर्मचारी लगायतको भीड हुन्छ । बैठकमा सांसदहरुले कोरोना भाइरसप्रति सचेत हुन सबैमा आग्रह गरेका छन् ।

सम्बन्धित समाचार