पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोभिड-१९ विरुद्ध सचेतना फैलउन ट्विटरमा आफ्नो नाम नै परिवर्तन गरेका छन् ।
कोरोना भाइरसबारे चेतनाका लागि सानो पहल भन्दै उनले ट्विटरमा नाम परिवर्तन गरेको जनाएका छन् ।
‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर ९नियमित हात धोऔं र Wash your hands राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो,’ उनले ट्वीट गर्दै नाम परिवर्तन गरेको उल्लेख गरेका छन् ।
कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं / Wash your hands) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।
— Baburam Bhattarai (@brb1954) March 18, 2020