कोरोना भाइरस नेपाल नभित्रियोस् भन्दै बैतडीमा विभिन्न देवीदेवताका मन्दिरहरुमा विशेष पूजापाठ सुरु गरिएको छ । भारतसँग खुल्ला सिमाना रहेको नेपालका अधिकांश भेगमा दुबै देशका नागरिकहरुको खुल्ला अवागमन भइरहेकाले मनोवैज्ञानिक असर कम गर्न पूजापाठ सुरु गरिएको हो ।
दशरथचन्द नगरपालिका वडा न. १ मा अवस्थित निङ्गलाशैनिको मन्दिरमा निंगलाशैनि धार्मिक सेवा समितिले बलिसहित बिशेष पूजाआज गरिरहेको मुखिया सिद्धराज भट्टले बताए ।
त्यसैगरी सुर्नया गाँउपालिका वडा न. १ मा रहेको हटैराज र श्रीकेदार मन्दीरमा अविशेकसहित विषेश पूजाआजा सुरु गरिएको वडा अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताए ।
कोरोना भाइरस बिरुद्ध खोप नबनेको वर्तमान अवस्थामा पूजापाठका माध्यमबाट मनोवैज्ञानिक असर न्यून हुने निङ्गलाशैनि मन्दिरका मुखिया मानबहादुर बोहराले बताए ।