राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन : आइतबार देशभर ‘जनता कर्फ्‍यू’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ९मार्च २२० सबैलाई बिहान ७ बजेदेखि राति ९ बजेसम्‍म ‘जनता कर्फ्यू’को पालना गर्न आग्रह गरेका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘देशबासी संकटको यो घडीमा आत्तिनु पर्दैन।धैर्यताले काम गरौँ। मेरो सबैसँग आग्रह छ– मार्च २२ मा बिहान ७ देखि राति ९ बजेसम्‍म जनता कर्फ्यूमा बसौँ ।’



उनले जनतासँग एक हप्ताको समय दिन आग्रह गरेका छन् । उनले भने, ‘हामी कोरोनाबाट बच्यौँ भनेर अहिले भन्‍नु ठीक छैन । बच्नको लागि हामी आफै भीडमा नजाने दृढता लिनुपर्दछ । यसका साथै ६०(६५ वर्षदेखि माथिका वृद्धवृद्धा केही हप्ता आइसोलेसनमै बस्नुहोस् ।’

मोदीले सम्बोधन गर्दै भने, ‘यो पटकको संकट हामीलाई मात्रै नभइ विश्‍वभरमा आतंक फैलाइरहेको छ । यो विश्‍वयुद्धको जस्तो भइरहेको अनुभूति भइरहेको छ । हामी १ सय ३० करोड नागरिकले यो दुई महिना डटेर कोरोना भाइरसको सामना गर्नुपर्ने हुन्छ ।’

उनले कोरोना भाइरसबाट बच्‍न सबै नागरिकहरुले सबैभन्दा पहिला आफै स्वस्थ रहन ध्‍यान दिनु पर्नेमा जोड दिए । उनले भने, ‘विश्‍वमा फैलिरहेको महामारीमा केवल एउटा मात्रै मन्त्रले काम गर्छ, त्यो हो–आफू स्वस्थ, जगत स्वस्थ। यसको कुनै उपचार छैन । पहिला आफै स्वस्थ हुनु एकदमै जरुरी छ ।’

उनले कोरोनाको सन्देश देशभर फैलाउनु पर्ने बताए । उनले भने, ‘मेरो सबै संघ-संस्थासँग अनुरोध छ– आइतबारसम्‍म जनतालाई कफ्यूको सन्देश पुर्‍याउनुहोस् र उनीहरुलाई जागरुक बनाउनुहोस् । तपाई प्रत्‍येक दिन १० जना नयाँ व्‍यक्तिलाई यो भाइरसको बारेमा सावधानी र कर्फ्यूको बारेमा भन्‍नुहोस् ।’

भारतमा हाल कोरोना भाइरसबाट मृत्‍यु हुनेको संख्या चार पुगेको छ भने १९७ जना संक्रमित छन् ।

सम्बन्धित समाचार