कोरोना भाइरस संक्रमण (कोभिड–१९) को त्रास बढ्दै गएपछि पशुपति क्षेत्र विकास कोषले मलामी आउँदा २५ जनाभन्दा बढी नआउन आग्रह गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको संयोजकत्वमा गठित ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’को बुधबारको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन नहुने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णय अनुसार २५ जनाभन्दा बढीलाई मलामी नआउन आग्रह गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस्तै कोषले हरेक दिन साँझ पशुपतिमा हुने आरति पनि शनिबारदेखि बन्द हुने जनाएको छ।
कोरोनाको सम्भावित जोखिमबाट जोगिन भन्दै सरकारले चैत ६ गतेबाट हुने भनिएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० लागायतका सबै परीक्षासमेत स्थगित गराउनुका साथै विद्यालय, क्याम्पस तथा विश्वविद्यालयमा हुने पठनपाठनसमेत बन्द गर्ने निर्णय गरेको थियो।