कोरोनाको त्रासले चार सहर ‘लक डाउन’ को घोषणा

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि भारतका मुम्बई, पुणे, नागपुरसहित चार शहर ‘लक डाउन’ गरिएको छ ।

महाराष्ट्र सरकारले विरामीको संख्या बढ्न थालेपछि चार शहरलाई लक डाउन गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् । यहाँका अत्यावश्‍यक पसल तथा यातायातका सेवा बाहेक सबै पसलहरु ३१ मार्चसम्‍म बन्द रहनेछन् ।



महाराष्ट्रका मुख्‍यमन्त्री उद्धव ठाकरेले भनेका छन्, ‘हामीले मुम्बइ, पुणे, नागपुर तथा एमएमआर रिजनलाई ३१ मार्चसम्‍म लक डाउन गर्ने फैसला गरेका छौं । यहाँ अत्यावश्यक सामान तथा र पसलबाहेक सबै बन्द हुन्छ ।’

महाराष्ट्रमा अहिलेसम्‍म ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जसमा एकजनाको मृत्‍यु भइसकेको छ ।

सम्बन्धित समाचार