पोल्यान्डमा बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आामाको ज्यान गएको छ । नाम सार्वजनिक नगरिएकी ती २७ वर्षीया महिलासहित पोल्यान्डमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
उनी विश्वमै कोरोना सङ्क्रमण भएर कम उमेरमा ज्यान गुमाउने पहिलो महिला भएकी छिन् । ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरस सङ्क्रमण भएको मानिएको छ ।
उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट कोरोना सङ्क्रमण भएको मानिएको छ । पोल्यान्डका सञ्चार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् ।