भारतमा कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो, लाग्यो कर्फ्यू

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार ८३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जनाको मृत्यु भइसकेको छ । भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ । जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको हो । प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै सबै जनालाई घरमै रहन अपिल गरेका थिए ।



गएको शुक्रबारको भाषणमा उनले भनेका थिए, ‘आइतबार अर्थात् २२ मार्च तारिखमा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरुले जनता कर्फ्युलाई पालना गर्नुपर्छ । आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौँ ।’ यद्यपि औषधिजन्य र आवश्यक सामान बेच्ने पसलहरु पनि खुला रहनेछन् ।

 

सम्बन्धित समाचार