भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । बिहारको राजधानी सहर पटनाको एक्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो । दुवै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थियो । उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।
यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ । बिहारका दोस्रो संक्रमित पनि अहिले आइसोलेसन वार्डमा छन् । उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए । आइतबारभन्दा पहिला बिहारमा कोरोना भाइरसको कुनै संक्रमण पाइएको थिएन । भारतमा शनिबार मात्र यो भाइरसको कारण दुई जनाको ज्यान गएको हो ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेहको रोग रहेको बताइएको छ ।