विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ५१ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । ५९ हजार १३८ जना सङ्क्रमित छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९२ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो।
लण्डनमा कोरोना संक्रमण देखिएकी एक नेपाली भगवती रानाभाटले सामाजिक सञ्जालमार्फत एक सन्देश सार्वजनिक गरेर आफ्नो अनुभव सेयर गरेकी छिन् । उनले कोरोना पीड़ादायक भएको र १३ दिन सम्म पनि निको हुने छाँट्काट नभएको बताएकी छिन् ।
हेर्नुहाेस् उनकाे सन्देश जस्ताकाे त्यस्तै
१० दिनको सेल्फ़ आईसोलेसन पछि COVID 19 संग लड्दै !!
यो महामारी कति पीड़ादायक हुदो रहेछ, आज १३ दिन सम्म पनि निको हुने छॉट्काटै छैन । फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथिभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचें सबैले साबधानी अपनाउन सक्नुहुने छ । हजुरहरू सबैलाई बिशेस साबधान रहन अनुरोध गर्दछु