१९२ देशमा फैलियो कोरोना, ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो

विश्वका १ सय ९२ मुलुकमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान लगायतका मुलुकमा बढ्दो क्रममा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ५९ हजार १३८ जना सङ्क्रमित छन् ।



अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ । संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार