पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा दश जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने निर्णय गरेको छ । पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतवार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो ।
त्यस्तै विद्युतीय शव दाह गृहमा ७ जना भन्दा बढी मलामीलाई प्रवेश गर्न निषेध गरिएको छ । त्यस्तै पशुपतिमा गरिने विशेष पूजालाई अर्को सूचना नआउन्जेलका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै जल अभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुन सुचित गरिएको छ ।