प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले नेपाललाई जतिसक्दो चाँडो लकडाउन गर्नुपर्ने बताएका छन् । कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने खतरा औंल्याउँदै तुरुन्त लकडाउन गर्नुपर्ने सुझाव अघि सारेका छन् ।
हिजो (आइतबार) फेशबुकमा एक स्टाटस लेख्दै नेता कोइरालाले यस्तो लेखेका हुन् । उनले कोरोना भाइरसले नेपाली जनजीवन त्रसित र भयावह बनाएको समेत उल्लेख गरेका छन् । भारतीय नाकाबाट नेपाल भित्रिएका हजारौं नेपालीहरुलाई चेकजाँचको उचित व्यवस्था नभएको उनको गुनासो छ ।