सामाजिक अभियन्ता महावीर पुनले डाक्टरलाई बिरामी जाँचका क्रममा लगाउने पीपीई पोशाक सिलाउन टेलर चाहिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत जतिसक्दो छिटो पीपीई तयार गर्नुपर्ने भएकाले कुनै टेलरलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।
‘डाक्टरहरुले कोरोनाको बिरामी जाँच गर्दा लगाउने ड्रेसलाई पीपीई भन्दा रहेछन्, त्यसको अति नै आवश्यक परेको रहेछ, त्यो नलगाइकन बिरामी जाँच गर्न नमिल्ने रहेछ,’ महावीरले भनेका छन् ।
महावीरले टिचिङ अस्पताल र विपी अस्पताल धरानबाट यस्तो ड्रेस बनाउने अनुरोध आएकाले ४ सय जति ड्रेस बनाउनका लागि सिलाइ गर्ने टेलर चाहिएको बताएका छन् । ‘ड्रेसको डिजाइन आविष्कार केन्द्रमा बन्दैछ र ४ सय वटा जति ड्रेस बनाउन सकिने सामान पनि भर्खरै उपलब्ध भयो,’ उनले भनेका छन् ।
उनले टेलरलाई ज्याला पनि दिने भन्दै सम्पर्कमा आउन अनुरोध गरेका छन् ।
https://www.facebook.com/mahabir.pun/posts/10158090107735479