जिल्ला प्रहरी कार्यालय कास्कीले क्रिस्चियन धर्मावलम्बीलाई कोरोना भाइरसको संक्रमण नहुने भनेर अफवाह फैलाएको भन्दै पास्टर केशव आचार्यलाई पक्राउ गरेको छ ।
पोखरामा प्रशस्त कटनी मण्डली सञ्चालन गर्ने पास्टर आचार्यलाई पोखरा–२९ पावरहाउसबाट पक्राउ गरिएको हो । प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार केसीले संक्रामक रोगबारे अफवाह फैलाएकाले आचार्यलाई पक्राउ गरिएको बताए । आचार्यले भिडियो बनाउँदै प्रभु यशुका अनुयायीलाई कोरोना नलाग्ने दाबी गर्ने गरेका थिए ।