कोरोना कोषमा कांग्रेसले ५० लाख सहयोग गर्ने

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको कोरोना कोषमा नेपाली कांग्रेसले ५० लाख दिने भएको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले ट्वीट मार्फत त्यस्तो जानकारी गराएका हुन् ।

शर्माले ट्वीट गर्दै भनेका छन्, “कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट पचास लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउंदछु ।”



सम्बन्धित समाचार