भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण भारत बुधबारबाट लागू हुने गरी २१ दिनका लागि लकडाउन गरेको घोषणा गरेका छन् । मंगलबार साँझ देशबासिका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो घोषणा गरेका हुन् ।
प्रधानमन्त्री मोदीले स्वास्थ्य विज्ञहरुको सुझाबका आधारमा सम्पूर्ण भारतीय नागरिकहरूको जीवन बचाउनका लागि तीन साता लामो बन्दको घोषणा गरेको बताएका छन्।
भारतका नागरिकहरूको जीवन बचाउनु केन्द्र सरकार, राज्य सरकार र स्थानीय निकायको दायित्व रहेको भन्दै उनले तीन सातासम्मको लक डाउनलाई कफ्र्युका रुपमा बुझ्न समेत आग्रह गरेका छन् ।
केहीदिन अघि प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै आइतबार भारतमा जनता कफ्र्यु लगाएका थिए ।