अब कोरोना भाइरसको नयाँ केन्द्र बिन्दु अमेरिका हुनसक्ने : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणको नयाँ केन्द्र बिन्दु संयुक्त राज्य अमेरिका हुनसक्ने चेतावनी दिएको छ । हालसम्ममा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ७ सय ८२ को मृत्यु भइसकेको छ भने ५४ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार गत २४ घण्टामा आएका नयाँ संक्रमितमध्ये ४० प्रतिशत विरामी अमेरिकमै थपिएका छन् ।

विश्व स्वस्थ्य संगठनका प्रवक्ता मारग्रेड ह्यारिसले समेत अमेरिकामा कोरोना भाइरसबाट भयावह परिस्थिति सिर्जना हुने सम्भावना उच्च रहेको बताए ।



यसैबीच न्यूर्योकका गर्भनर यण्डरु कुमोले न्यूर्योक शहरमा कोरोना भाइरस बुलेट रेलकै गतिमा फैलिरहेको बताउँदै थप स्वास्थ्य सामाग्री तथा उपकरण तत्काल आवश्यक परेको बताए ।

अमेरिकाको न्यूर्योक शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ भने २५ हजार भन्दा बढी संक्रमित भएका छन् ।

सम्बन्धित समाचार