प्रधानमन्त्री ओलीले नागरिकलाई गरे यस्तो आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा भने, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्नुहोस् ।’



सरकारले कोरोना भाइरस (कोभिड १९)को रोकथामका लागि गएको मङ्गलबार बिहान ६ बजेदेखि लकडाउन आदेश गरेको हो । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

सम्बन्धित समाचार